Monday, May 9, 2016

अक्षय तृतीया:

दालचिनी ल्वाङ सुकुमेल अलैँची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ
अक्षय तृतीया वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रंथहरु अनुसार उअस दिन जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। यसै कारण अक्षय तृतीया भनिएको हो। सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर वैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरुमा मानिन्छ।भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारंभ यसै तिथिबाट भएको थियो। भगवान विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो।
Source: maadurgawallpaper

हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरु छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरुको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैँची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
1. शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
2. यस दिनबाट सत्ययुग र त्रेतायुगको आरंभ भएको विश्वास गरिन्छ ।
3. श्री परशुरामजीको अवतरण पनि यसै दिन भएको थियो ।
4. यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
5. नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
6. हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
7. वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
8. जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
9. यस दिन परशुरामजीको पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
10. श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।

Source: wikipedia

No comments:

Post a Comment